पश्चिम रुकुमको शिरैमा अवस्थित, कमैले सुनेको कमैले देखेको र घुमेको नेपालको पर्यटकिय घरोहर हो, मैकोट। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकमा पर्ने यो गाउँ प्रकृतिको बरदान हो तर छाँयामा परेको । यति विशिष्टकोटिको सुन्दरता भएता पनि कमै प्रकृति प्रेमी यो गाँउसँग परिचित छन।
माओवादि अनदोलनको उदघम क्षेत्र, माओवादि नेताहरुको सेल्टर भनेर चिनिने मैकोट अहिले भने फरक भौगोलिक बनावट, अनुपम सुन्दरता, मौलिक कला, रहनसहनले परिभाषित छ।
मैकोटको शिरबाट उतरमा देखिने हिमालको सेतो फेटा, दक्षिणका पहाडको हरियो भोटा र मैकोटका आँखा लाग्रद एकै स्थानमा मिलेर बनेका एकनासे घरहरुले सबैलाई गदगद पर्दछ । यँहाको प्राकृतिक र मानविय सुन्दरताले नेपाललाई विश्वकै प्राकृतिक धनी देशको कोटिमा राख्दछ ।
पुर्व रुकुमको सदरमुकाम रुकुमकोटबाट ४ दिनको पैदल हिडेर मैकोट पुग्न सकिन्छ। सँगसँगै साना सवारीका साधानहरु पनि चल्ने गरेका छन् तर बर्षातको समयमा हिड्नुको विकल्प छैन । मैकोटमा भने अहिले सम्म पनि बाटो पुगेको छनै, सानो बुलेरोले नाँयबाजर सम्म लाग्दछ, त्यहाँ बाट पैदल १ दिनमा पुगिन्छ मैकोट । रुकुमकोटबाट चडेको गाडिले तकसेर सम्म लग्दछ र त्यहाँबाट नाँयबजार र त्यहाँ बाट पैदलमा पुगिन्छ मैकोट। तक र सेरा दुई भिन्नै गाउँ हो, उत्तरगंगा नदीले छुट्याएको ,तकसेरा नाम यसैको संयुक्त गाँउ हो। तकसेराबाट दम्छन हुदै दोरपाटन पनि पुगिन्छ । यसका लागि २ वा ३ दिन लाग्दछ । तल्लो सेरा, उपल्लो सेरा, बाछी, पोल गाउँमा देखिने एकनासे एकृकित बस्ति, एक जनाको छत अर्काको आगँनले जो कोहिको पनि मन प्रफुल्ति बनाँउछ । गोरटो बाटो कँहि कतै भेटिने छंगछंग गर्ने झरना, कलकल बग्ने पेल्म नदि, चिरबिर गर्ने चराचुरुङ्गीले अक्लपनिय आनन्द प्राप्त गराउछ ।
विरगु गाँउबाट दुईटा बाटो छुटिन्छन, एउटा हुकम र अर्को मैकोट। हुन त हुकम हुँदै मैकोट पनि पुगिन्छ तर बाटो उकालो । विरगु बाट हिडेको केहि क्षणमा देखिन्छ मैकोटको शिर तर घेरै टाडा । पेलमा नदि तरे पछीको उकालो बाटोले मुटु अत्याउछ, जति हिड्यो त्यो भन्दा धेरै आरम गर्न मन लाग्छ। तर पनि मैकोटको मोहले पाईल र्सछ । कहिले नसकिने उकालो बाटो अन्तत पुगिन्छ, स्वर्गका टुक्रा अनुपम उदाहरण मैकोट गाउँ ।
स्थानीय अनुसार, मैकोट नाम एक पौराणिक युध्द विजय बाट राखिएको हो। मैकोटको शिरैमा मैकोट देविको मन्दिर छ जस्ले मैकोटमा रहेका पुन मगरहरुलाई बर्षै देखि संरक्षण गरि रहेकि छिन। मैकोटबाट हिउँले टलकेका हिमालहरु देखिन्छ ,तर यँहाको बिशेषता भने यँहा रहेका घरहरु हुन जुन एक अर्कासँग जोडेर बनेका छन, समान किसिमका, कसैको कैसी त फेरि त्यहि कैसी कसैको आँगन । हरेक कैसी र आँगनमा अनाज भण्डारनको लागि बनाएका भकारिहरु, कुनै साना त कुनै ठुला । स्याउ, फर्सी, आलु, मकै, कोदो, फापर, भण्डारन गरेका । यँहाका भैगलिक परिवेश पनि निकै मनमोहक छ , लाग्छ यो पनि एक तिब्बत मुलक हो । यँहाबाट देखिने रान्नमैकोट, हुकम पनि निकै नै चाख लाग्दा छन । यँहाबाट डोल्पाको दुनै दुई दिनमा पुगिन्छ र यँहिबाट बाग्लुङको दोरपाटन पनि पुगिन्छ। हिउँदमा मैकोट हिँउले सिँगारिन्छ र यर्साको सिजनमा मान्छेहरुको पर्वले ।
पहाडका पर्खालले छुट्टएको, पेलमा नदिले तारेको , मैकोट देविले संरक्षण गरिरहेको मैकोट र्स्वगको अनुभुति दिने स्वर्गको नमुना हो, जो आगुन्तुको पर्खाईमा छ ।
“जति टाढा भए नि
झल्को आउँछ
मैकोट रानी वन”
Nice to see a travel post during lockdown
LikeLike